जनकपुरमा सार्वजनिक विदाको दिन चलाएको १४ वटा सरकारी गाडी नियन्त्रणमा
टुडेपाटी
जनकपुरधाम, जेठ २२ गते ।
सार्वजनिक विदाका दिन चलाउने सरकारी सवारी साधन जनकपुरधाममा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनकपुरधामबाट शनिबार र आइतबार गरी १४ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए ।
कार्यालय विदा हुँदाको दिन पनि सरकारी सवारी साधन चलाएको पाइएपछि त्यसलाई नियन्त्रणमा लिन थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सवारी साधन कार्यालय खुल्ने दिन मात्रै दिइने बताए ।
पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिएको छ ।
Sponsored
तर पनि सरकारी नम्बर प्लेटको सवारीसाधन निजि प्रयोजनको लागि विदाको दिन पनि चढ्ने प्रवृति छँदैछ ।