जनकपुरधामको फोहर व्यवस्थापन गर्न चारवटा नयाँ टिपर सञ्चालनमा
टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।
जनकपुर उपमहानगमा सरसफाईका लागि चारवटा नयाँ टिपर संचालनमा आएको छ ।
नव निर्वाचित मेयर मनोज कुमार साहले आजदेखि ४ वटा टाटा कम्पनीका सफाइका नयाँ टिपर सञ्चालनमा ल्याएका हुन् ।
उनी निर्वाचित भएपछि सफाइलाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका थिए ।
पहिला नै टेन्डर भएर आएका टिपर फोहर व्यवस्थापनका लागि संचालनमा आएको हो ।
९५ लाख ८० हजारको लागतमा उक्त टिपर खरिद भएको स्टोर शाखाका प्रमुख वरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद यादवले जानकारी दिए ।
Sponsored
६ वटा सफाइका ट्र्याक्टर खरिद प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले बताए ।
सफाइका लागि भोलिदेखि नै जनकपुरधामको फोहर सङ्कलन तथा व्यवस्थापनमा टिपर सञ्चालन हुने मेयर साहले बताए ।
उनले ऐतिहासिक तथा धार्मिक महत्त्वको जनकपुरधामको पर्यटन प्रवर्द्धनका लागि सफाइलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले काम थालेको बताए ।
सरसफाई तथा फोहर व्यवस्थापनका लागि मेयर साहले २५ वटै वडालाई अधिकार, बजेट, उपकरण तथा बजेट दिने मेयर साहले जानकारी दिए ।