TodayPati

जनकपुरमा मानव सेवा आश्रम सञ्चालनमा, ७० जना असहायलाई राख्न सकिने

टुडेपाटी-
जनकपुरधाम, जेठ १४ गते ।

जनकपुरधाम मानव सेवा आश्रम स्थापना भएको छ । १८ औँ शाखा आश्रमको एक समारोहबीच मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले उदघाटन गरेका हुन् ।

सडक पेटी, सार्वजनिक स्थल तथा खुल्ला आकाश मुनि कष्टकर जीवन बिताउनेहरूलाई उद्धार गरेर मानव सेवा आश्रममा लगेर सेवा दिँदै आएको संस्थाको कामको सबै पक्षबाट प्रशंसा गरिएको छ ।

Sponsored

जनकपुरधामको वडा नंं १५ मा सञ्चालन आएको मानव सेवा आश्रममा ७० जना त्यस्ता व्यक्तिहरूलाई उद्धार गरेर संरक्षण गर्ने पूर्वाधार सहितको व्यवस्थापन गर्ने काम भएको छ ।

कार्यक्रममा प्रदेश प्रमुख मिश्रले मानव सेवा आश्रमले मानवताको रक्षाका लागि गरिरहेको कामको उच्च प्रशंसा गर्दै जनकपुरधाममा पनि शाखा स्थापना हुनु निक्कै सुखद भएको बताए ।

कार्यक्रममा प्रदेश नंं २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले मानव सेवा आश्रमले मानवताको रक्षाका लागि गर्दै आएको कामकाजको उच्च प्रशंसा गर्दै यसमा प्रदेश सरकारबाट पनि उचित सहयोग हुने बताए ।

Sponsored

कार्यक्रममा जनकपुरधामका समाजसेवी पवन सिघानीया, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह तथा मानव सेवा लगायतको विशेष उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *