निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ जना पार्टी कार्यकर्ताले पार्टी छाडे
टुडेपाटी-
सर्लाही, जेठ १४ गते ।
सर्लाहीमा स्थानीय तहको निर्वाचनमा अन्तर्घात भएको भन्दै एमालेका २१ नेताकार्यकर्ताले पार्टी छाडेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका १ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन्।
निवर्तमान अध्यक्षसमेत रहेका दुवै जना यसपटकको निर्वाचनमा पराजित भएपछि अन्तर्घातको आरोप लगाएका छन् ।
उनीहरु सबैले स्वतन्त्र भएर बस्ने बताएका छन् ।
Sponsored