TodayPati

‘भारतमा १० प्रतिशत महिला आफ्नो पतिलाई पिट्छन्’

एजेन्सी-
जनकपुरधाम, जेठ १४ गते ।

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ ।

भारतको राजस्थानको त्यस भिडियोमा एक जना महिलाले आफ्नो श्रीमानलाई कोठाभित्र क्रिकेटको ब्याटले पिट्दै गरेको देखिन्छ ।

Sponsored

पिटाइ खाने ती व्यक्ति स्थानीय एक विद्यालयका प्रधानाध्यापक भएको र उनको नाम अजित सिंह भएको बताइएको छ । उनको घरको सीसी क्यामेरामा कैद भएको यस भिडियोमा श्रीमतीले नराम्रोसँग पिटेको दृश्य देखिन्छ ।

भारतमा आफ्नो श्रीमतीको पिटाइ खानेमा अजित सिंह एक्लो व्यक्ति भने होइनन् । भारतमा प्रत्येक दशमा एक जना महिलाले आफ्नो श्रीमानलाई पिट्ने गरेको एक अध्ययनले देखाएको छ ।

नेशनल फेमिली हेल्थ सर्भेका अनुसार १८ देखि ४९ वर्ष उमेर समूहकी महिलामध्ये १० प्रतिशतले आफ्नो श्रीमानलाई कहिले न कहिल्यै पिटेका छन् ।

Sponsored

त्यो पनि उनका श्रीमानले कुनै पनि प्रकारको हिंसा नगरेको अवस्थामै त्यसरी पिट्ने गरेको अध्ययनले जनाएको छ । यसरी दश प्रतिशत महिलाले बिना कारण नै आफ्नो श्रीमानलाई पिट्ने गरेका छन् ।

अध्ययनको लागि गरिएको त्यस सर्भेमा ११ प्रतिशत महिलाले विगत एक वर्षमा आफ्नो श्रीमानलाई पिटेको बताएका थिए । सर्भेका अनुसार उमेर बढेसँगै श्रीमासँग हिंसा गर्ने श्रीमतीको संख्या बढी रहेको बताइएको छ ।

यस्तै अध्ययनबाट प्राप्त तथ्याँकका अनुसार सहरमा भन्दा गाउँमा बस्ने महिलाले आफ्नो श्रीमानसँग बढी हिंसा गर्ने गरेका छन् । सहरी क्षेत्रका ३ दशमलव ३ प्रतिशत र गाउँमा रहने ७ दशमलव ७ प्रतिशतले आफ्नो श्रीमानसँग हिंसा गरेको अध्ययनमा उल्लेख छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *