TodayPati

आर्थिक आभावमा धनुषाका ७ वर्षीय बालकालाई उपचारमा समस्या, सहयोगको लागि गुहार

टुडेपाटी-
जनकपुर, बैशाख १२ गते

आर्थिक आभावका कारण मुटुरोगी नबालक छोराको उपचार गर्न नसक्दाँ धनुषाको कमला नगरपालिका ३ लगमाका संदिप मुखियाको परिवार चिन्तित बनेका छन् ।

बिगत पाँच बर्षदेखि मुटुरोगबाट पीडित सात बर्षीय सुरज कुमार मुखियाको उपचारका लागि आवश्यक रकमको जोहो गर्न नसक्दाँ मुखिया परिवार ठुलो चिन्तामा डुबेका हुन् ।

Sponsored

‘‘साहुबाट ऋण लिएरै भएपनि विगत चार-पाँच बर्षदेखि काठमाण्डौंस्थित शहिद गंगाला हृदयरोग अस्पतालमा मुटुरोगी छोराको उपचार गराउँदै आएका छुं”, बालकको पिता संदिपले भन्नुभयो,‘‘ शुरुमा चिकित्सकले औषधीबाटै मुटुरोग निको हुन्छ भन्नुहुन्थ्यो, त्यही भएर ऋण कर्जा खोजेरै भएपनि उपचार गराईयो ।” तर अब त्यहाँको चिकित्सकले बाबुको मुटु प्रत्यारोपन नै गर्नुपर्छ,

जसका लागि कम्तीमा रु. ५० लाख भन्दा बढी रकम खर्च हुन सक्ने बताएपछि ठुलो चिन्तामा परेको उहाँको दुखेसो थियो ।

‘‘छोराको तत्कालै मुटु प्रत्यारोपन गर्न नसकिए अकल्पनिय क्षति हुन सक्ने चिकितसकबाट जानकारी पाएका छौं”, संदिपले भन्नुभयो,‘‘ तर त्यत्रो मोटो रकमको जोहो गर्न नसक्दाँ छोराको उपचार गराउन सकिरहेको छैन्, ठुलो महा विपद्मा परेका छौ ।”

Sponsored

एकातिर छोराको माया अर्काेतिर छोरालाई जोगाउन ठुलो रकमको जोहो गर्नुपर्ने बाध्यतामा परेको उहाँले पीडा सुनाउनुभयो ।

आर्थिक विपन्नताका कारण नबालक छोराको उपचार गराउन नसक्ने अवस्थामा रहेकोले आर्थिक सहयोग गरिदिन संदिपले सबैसँग याचना गर्नुभएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *