TodayPati

जनकपुरमा निधिलाई प्रमुख अतिथि बनाएपछि एमालेका जनप्रतिनिधिले गरे सपथ बहिस्कार

टुडेपाटी-
जनकपुरधाम, जेठ १२ गते ।

वर्तमान कुनै पदीय हैसियतामा नरहेका नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि जनकपुरधाममा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकका नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण कार्यक्रम आज आयोजना गरिएको छ ।

Sponsored

जसमा प्रमुख अतिथिको रुपमा काँग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधान मन्त्री निधिलाई नेपाली काँग्रेस पक्षले राखेको छ ।

स्वतन्त्रबाट मेयरमा निर्वाचित मनोजसाह सहित काँग्रेसका निर्वाचित जनप्रतिनिधिले निधिलाई प्रमुख अतिथि बनाएपछि एमालेका नवनिर्वाचित जनप्रतिनिधि विरोध गर्दै सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका हुन् ।

सत्तारूढ गठबन्धनको भागबण्डामा जनकपुरधाम उपमहानगर जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि नगर सभापति समेत रहेका मनोज साहले पार्टी परित्याग गरी मेयरमा उठेका थिए। उनी मेयरमा निर्वाचित भएपछि बुधबार काँग्रेसले निकालेको विजय जुलुसमा सहभागि भएका थिए ।

Sponsored

साहलाई जिताउन आन्तरिक रूपमा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र उनका समूहका नेताहरूले पहल गरेका थिए ।

नवनिर्वाचित मेयर मनोज निधि जनकपुर आएपछि स्वागत गर्न काँग्रेसका नेता कार्यकर्तासंगै जनकपुर विमानस्थल पुगेका थिए ।

No photo description available.
No photo description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *