कोरोनामुक्त भयो मधेश प्रदेश, सक्रिय संक्रमितको संख्या शून्य
टुडेपाटी–
जनकपुरधाम, बैशाख २२ गते ।
मधेश प्रदेश कोरोना संक्रमण मुक्त भएको छ ।
प्रदेशको आठवटै जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हो ।
स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका अनुसार मधेशको जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हो।
मधेश प्रदेशमा हालसम्म ४१ हजार ४ सय १७ जना कोरोना संक्रमित भएका छन्। जसमध्ये ४० हजार ३ सय ५५ जना निको भएका छन् भने १ हजार ६२ जनाले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिए।
मधेशको धनुषामा सबैभन्दा बढी व्यक्ति संक्रमित भएका थिए। यहाँ ९ हजार ४१० जना कोरोना संक्रमित भएका थिए। जसमध्ये १३२ जनाले आफ्नो ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।
Sponsored