TodayPati

जनकपुरधाममा आचारसंहिता विपरीत चुनावी प्रचारमा भारतीय गाडीको प्रयोग

टुडेपाटी–
जनकपुरधाम, बैशाख २२ गते ।

जनकपुरधाम सहित धनुषामा निर्वाचन आचारसंहिता विपरित भारतीय गाडीको चुनावी प्रचार प्रसारमा प्रयोग गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहितालाई उलंघन गर्दै विदेशी गाडी प्रयोग गरिरहेका छन् ।

Sponsored

निर्वाचन आचारसंहिता ०७८ को बु‘दा १३ को ‘ज’ मा चुनावी प्रचारप्रसारमा विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र नदिइने उल्लेख छ । तर उम्मेदवारहरूले त्यसलाई वेवास्ता गर्दै चुनावी प्रचार प्रसारको क्रममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको पाइएको छ ।

यता विभिन्न राजनीतिक दलले भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गरेको विषय आफूहरूको नोटिसमा आएको र सवारी साधन नियन्त्रणमा लिनका लागि स्थानीय प्रहरी प्रशासनलाई आदेश दिइसकेको धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *