TodayPati

धनुषामा उम्मेदवारको डिजे आतंक

टुडेपाटी–
जनकपुरधाम, बैशाख २२ गते ।

धनुषामा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले चुनावी प्रचारको नाममा डिजे आतंक मचाएका छन् ।

निर्वाचनको समय नजिकिँदै गर्दा उम्मेदवारहरुहरुले चुनावी प्रचारलाई तिव्रता दिएका हुन् सोही क्रममा उनीहरु जिल्ला भर डिजे बजाएर घुमाउने गरेका छन् । मधेस प्रदेशको राजधानी तथा धनुषाको एकमात्र उपमहानगरपालिका जनकपुरधाम सहित जिल्लामा प्रचार प्रसारको नाममा प्रमुख राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले नगरमा डिजे बजाउन थालेपछि सर्वसाधारणहरुलाई समस्या खेप्नु परेको हो ।

Sponsored

राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरुले आफ्नो पक्षमा जनतालाई मतदान गर्न प्रेरित गर्न विभिन्न प्रकारको विज्ञापन तथा गीत बनाएका छन् । सोही गीत इ–रिक्सा, पिकअप जस्ता गाडीमा ठुला ठुला बाजा लगाएर चुनावी प्रचार गर्दा नगर क्षेत्र कोलाहलमय हुन पुगेको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जसमध्ये सत्तागठबन्धन, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी लगायतका दलका उम्मेदवारहरुले ठुलो स्वरमा बाजा घन्काएर दिनभरि गाडी घुमाउने गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका निर्माण व्यवसायी बलराम महतो, जानकीराम साह, मनोज साह लगायत विभिन्न वडामा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुले प्रचारको नाममा ठुलो स्वरमा नगर क्षेत्रमा बाजा बजाएर गाडी घुमाउने गरेका छन् ।

यता मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले आफुहरु आचारसंहिताको उलंघनको घटनाको अनुगमन गर्दापनि राजनीतिक दलले त्यो नछाडेको बताए । उनले भने, ‘हामी यता अनुगमन गर्दा उता उलंघन हुन्छ, उत्ता गर्दा यता हुन्छ ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *