TodayPati

जितेपछि मिथिला नगरपालिकाको सबै वडा जोड्ने गरि रिंगरोड बनाउँछु : रामकुमार महतो

टुडेपाटी-
जनकपुरधाम, बैशाख २२ गते ।

चुनावको केही दिन मात्र बाँकी रहँदा उम्मेदवारहरु घरदैलो अभियान तथा चुनावी प्रचार प्रसारमा तिव्रता दिएका छन् ।

सोही क्रममा धनुषाको मिथिला नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट मेयर पदका उम्मेदवार रामकुमार महतो घरदैलोमा अभियानलाई तिव्रता दिएका छन् ।

Sponsored

माओवादी केन्द्रबाट उम्मेदवार रहेका महतोले ढल्केबार, श्रीपुर, पसबलपुर, बिश्रामपुरमा घरदैलो अभियान सम्पन्न गरेका छन् । घरदैलो क्रममा जनताको समर्थन प्राप्त भइरहे र आफूसहित गठबन्धनका उम्मेदवारलाई मतदान गर्न मतदाता अतुर रहेको महतो बताए ।

जनतामा अफूसहित जसपाबाट उपमेयरकी उम्मेदवार मनुमाया मोक्तानसहित सबैप्रति निकै सहानुभूति रहेको उनको भनाइ छ ।

उनले आफू निर्वाचित भए मिथिला नगरपालिकाको सम्पूर्ण वडा जोड्नेगरि रिङ्ग रोडको निर्माण गर्ने बताए ।

Sponsored

घरदैलोमा उनले लालगढ – रानीबास र ढल्केवर रानीवास जोड्ने सडकको लागि बहुवर्षीय योजना बनाई विशेष पहल गरि लिंक रोड निर्माण गर्ने, ढल्केबरमा विभिन्न आन्दोलनका सम्पूर्ण सहिदहरुको सम्झनामा आकर्षक सहिद पार्कको निर्माण गर्ने बताए ।

शिक्षा,स्वास्थ, रोजगारी, कृषि, खेलकुद, ढल्केबरको अौद्योगीकरणा, खानेपानी लगायत मिथिला नगरपालिकाको समग्र पक्षको विकास आफ्नो एजेन्डामा रहेको उनको भनाइ छ ।

आफ्नो अमूल्य मत उम्मेदवारको व्यकिगत आचरण, बानी बेहोरा, पृष्ठभूमि र समाजप्रतिको दीर्घकालीन सोच देखेर मतदान गर्न आग्रह गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *