आफ्नै निर्वाचन क्षेत्रमा बाइकटमा परे निधि, प्रधानमन्त्रीको उपस्थितिमा हुने सभामा सहभागि नहुने
टुडेपाटी–
काठमाडौँ, बैशाख २२ गते ।
जनकपुरधाममा हुने चुनावी सभामा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई उनकै निर्वाचन क्षेत्रमा बाइकट गरिएको छ । निर्वाचन परिचालन समितिले बनाएको सूचीमा निधिको नाम नभएपछि उनले आपत्ति जनाएका छन् ।
शीर्ष तहका नेताहरु देशका विभिन्न स्थानमा हुने चुनावी सभामा सहभागी हुने गरी परिचालन समितिले नाम सार्वजनिक गरेको थियो । उक्त सूचीमा निधिको नाम उल्लेख गरिएको छैन् ।
अन्य स्थानमा मात्र नभई जनकपुरधामको सभामा समेत उनको नाम समावेश गरिएको छैन । उनको नामा नभएपछि शनिबार जनकपुरधाममा हुने सभालाई उनले बहिष्कार गर्ने भएका छन् । ‘पर्सि धनुषामा चुनावी सभा छ । विमलेन्द्र दाइ आउनुहुन्न’ धनुषा कांग्रेस उपसभापति गणेश झाले भने, ‘पार्टीले बनाएको नेताको लिष्टमा दाइको नाम नै छैन, लगायतका नेता लेखेर कहाँ हुन्छ ?’
परिचालन समितिले सभामा सहभागी हुनेहरुमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे, महेन्द्र यादवसहित भनिएको छ ।
निधिले ‘लगायतका अन्य वक्ताहरु’ भन्ने शब्दावलीमा असन्तुष्टि जनाएका छन् ।
Sponsored
निधि भने अहिले जनकपुरधाममै छन् । उपसभापति झाले निधि अरु अरु कार्यक्रममा जाने तर सभामा नजाने बताए ।
चुनावी सभामा सहभागी हुने केन्द्रीय नेताहरुको सूची बनाउने क्रममा निधिसँग परिचालन समितिले कुनै छलफल समेत नगरेको झाले बताए ।