मधेश प्रदेशमा भोली सार्वजनिक बिदा
टुडेपाटी–
जनकपुरधाम, बैशाख १९ गते ।
मधेश प्रदेश सरकारले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व इद–ऊल–फित्रको अवसरमा इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गर्दै मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिएका हुन् ।
मुख्यमन्त्री राउतले यस पर्वले प्रदेशका साथै मुलुकमै भाईचारको सम्बन्ध, शुख र शान्तिको अभिवृद्धि गरोस् भनी कामना गर्दै सार्वजनिक बिदा दिएका हुन् ।