TodayPati

जनकपुरमा गठबन्धनका बागी मेयर पदका उम्मेदवार साह निर्वाचन अधिकृतको कार्यालयमा बसे धर्ना

टुडेपाटी-
जनकपुरधाम, बैशाख १९ गते ।

जनकपुरधाम उपमहानगरका नेपाली काँग्रेसका बागी मेयर पदका उम्मेदवार मनोज कुमार साह निर्वाचन अधिकृतको कार्यालयमा धर्ना बसेका छन् ।

आफूलाई निर्वाचन अधिकृतको कार्यालयले प्रदान गरेको चुनाव विचन्ह धनुषाको नमूना म तपत्रमा नरहेको भन्दै स्वतन्त्र उम्मेदवार साह आज बिहानदेखि धर्ना बसेका हुन् ।

Sponsored

निर्वाचन आयोगले आफूलाई प्रदान गरेको चुनाव चिन्ह नमूना मतपत्रमा र वेबसाइटमा नराखिएको भन्दै उनले विरोध गरेका छन्।

‘आधिकारिक वेबसाइटमा नमूना मतपत्रमा १७ वटा छाप मात्रै देखाइएको छ। ११ जना उम्मेदवारको चिन्ह देखाइएको छैन,’ उनले भने, ‘हिजोदेखि मैले कुरा राखेको छु, तर अहिलेसम्म राखेको छैन।’

नमूना मतपत्रमा चिन्ह नराखेको भन्दै धर्नामा बस्न बाध्य भएको उनले बताए।

Sponsored

‘यो गल्ती सच्याउँछौं भनिरहनुभएको छ। तर अहिलेसम्म राखेको छैन,’ उनले भने, ‘कति समय लाग्छ पनि भनेको छैन। केन्द्रको हातमा छ भनेका छन्। केन्द्रले के गर्न खोजेको होरु चुनाव प्रचार गर्नुछ, हाम्रो २४ घण्टा खेर गएको छ।’

निर्वाचन आयोगले भने स्वतन्त्र उम्मेदवार धेरै भएका ठाउँमा पुनस् मतपत्र छपाइ गर्ने तयारी गरेको छ। आयोगले अनुमान गरेभन्दा धेरै संख्यामा उम्मेदवारी परेपछि केही जिल्लाका स्थानीय तहमा फेरि मतपत्र छपाइ गर्नुपरेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *