मतदाताको पाउँमा एक हजारको नोट राखेर ढोग गर्दै मत माग्दै काँग्रेस उम्मेदवार
टुडेपाटी-
जनकपुरधाम,बैशाख १९ गते ।
मेलम्चीका नेपाली काँग्रेसका एक उम्मेदवार मतदाताको पाउँमा एक हजारको नोट राख्दै मतमागेको पाइएको छ ।
मतदाता रिझाउन काँग्रेसबाट मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका उम्मेदवार अमृत खनाल यस्तो गर्ने गरेको रहस्य बाहिरिएको छ ।
उनले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै मत मागिरहेको तस्बीर सार्वजनिक भएको छ ।
उनले घरदैलो अभियानको क्रममा प्रत्येक घरमा मतदातासंग भेटेर यसैगरी पाउमा नोट राख्दै भोट मागिरहेको बताइएको छ ।
खनालले आफ्नी फुपूलाई ढोग गरेको भन्दै सामाजिक सञ्जालमार्फत नै स्पष्टीकरण दिएका छन् ।
।
पछि प्रष्टीकरण दिएको पोस्ट पनि उनले हटाएका छन् ।
Sponsored