मिथिला नगरपालिकामा माओवादी केन्द्र र जसपा गठबन्धनबाट मेयरका उम्मेदवार रामकुमार घरदैलोमा
टुडेपाटी-
जनकपुरधाम, बैशाख १८ गते ।
धनुषाको मिथिला नगरपालिाकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गठबन्धनका तर्फबाट मेयर पदका संयुक्त उम्मेदवार रामकुमार महतो घरदैलो अभियानमा जुटेका छन् ।
अगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा आफ् र उपमेयरमा मनुमाया मोक्तानसहित गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई मतदान गर्न उम्मेदवार महतो जनताको घरदैलोमा पुग्न थालेका हुन् ।
उनले घरदैलो अभियानसंगै चुनावी प्रचार प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।
माओवादी र जसपाका गठबन्धनका सबै उम्मेदवारलाई अत्यधिक मत दिएर जिताउन भन्दै जसपाका नेता चन्देश्वर महतो समेत पुग्न थालेका हुन् ।
उम्मेदवार महतोले उत्तरीभेगमा लामो समयदेखि रहेको खानेपानीको समस्याको दीर्घकालिन समाधान, शिक्षामा आधुनिकीकरण, हरेक बालबालिकालाई अनिवार्य पढ्ने वातावरण, नगरभित्रको सबै सडक कालोपत्रे र पक्की, नदीनाला तथा चुरे दोहन नियन्त्रण एजेण्डासहित जनताको घर दैलोमा पुग्न थालेको बताए ।
Sponsored
मिथिला नगरपालिका भित्र रहेका संयौ सुकुम्वासी भूमिहीन गरिबहरु रहेकाले नगरभित्रका थुप्रै ऐलानी जग्गाहरुमा तिनको व्यवस्थापन गर्ने, लालपूर्जा दिने वतावरण बनाउने, औद्योगिकीकरणको व्यवस्थापन जस्ता एजेण्डा आफ्नो रहेको उम्मेदवार महतोको भनाइ छ ।
गठबन्धनमा मेयरका उम्मेदवार महतो माओवादी केन्द्रका छन् भने उपमेयरकी उम्मेदवार मनुमाया मोक्तान जसपाबाट छिन् ।
त्यस्तै भगवण्डामा जसपाले १,२,४,५ र ६ नम्बर वडा पाएको छ । यस्तै, माओवादी केन्द्रले वडा नं। ३,७,८,९,१० र ११ नम्बर वडा पाएको छ ।