स्थानीय चुनाव : जनकपुरमा काँग्रेसले खाता खोल्यो, रिपुकुमारी निर्विरोध निर्वाचित
टुडेपाटी-
जनकपुरधाम, बैशाख १८ गते ।
स्थानीय निर्वाचन २०७९ अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रेसले खाता खेलेको छ ।
कांग्रेसबाट उम्मेदवार बनेकी रिपुकुमारी वडा नं. ५ वडा सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् ।
उनी दलित महिला सदस्यमा निर्वाचित भएकी हुन् ।
रिपुले दलित महिला सदस्य पदका लागि उम्मेदवारी दिएकोमा सो पदमा उनको एकल उम्मेदवारी रहेकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।
Sponsored