TodayPati

स्कुल तथा कलेजहरु पनि साताको दुई दिन बन्द गर्ने सरकारको निर्णय

टुडेपाटी–
काठमाडौँ, बैशाख १४ गते ।

सरकारले जेठ १ गते देखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै विद्यालय तथा कलेजहरु पनि साताको दुई दिन बन्द हुने भएका छन्।

सरकारी कार्याल मात्र नभई विद्यालय र कलेजहरु पनि साताको दुई दिन बन्द गर्ने निर्णय भएको हो।

Sponsored

शनिबार र आइतबार विद्यालय छुट्टी हुने र साताका बाँकी पाँच दिन बिहान ९ः३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुने शिक्षामन्त्री देबेन्द्र पौडेलले जानकारी दिए ।

विद्यालय तथा कलेजका कार्यालयहरु भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन्।

परीक्षणका रुपमा सरकारले आगामी जेठ १ गतेदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने र कार्यालय समय बिहान साढे नौ बजेदेखि साढे पाँच बजेसम्म गर्ने निर्णय गरेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *