TodayPati

शनिबार र आइतबार विद्यालय कलेज पनि बिदा

टुडेपाटी-
जनकपुधाम, बैशाख १४ गते ।

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसो गर्दा अब शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएको छ ।

Sponsored

अब विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ः३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुने छ ।

सरकारी कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् ।
‘विद्यार्थीको पढाइमा असर नपुग्न अन्य सार्वजनिक बिदा काटिने मन्त्री पौडेलले बताए ।

Sponsored

सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गरिएको बताए ।

विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *