मधेश प्रदेश : दुई वर्षीया छोरीलाई हत्या गरेकी आमा करिब ६ वर्षपछि पक्राउ
टुडेपाटी–
जनकपुरधाम, बैशाख ८ गते ।
सप्तरीमा आफ्नो दुई वर्षीया छोरीको हत्या गरेकी आमा करिब ६ वर्षपछि पक्राउ परेकी छन् ।
प्रहरीले हनुमानगर कंकालिनी नगरपालिका–७ की रानी देवी मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
२०७३ साल साउन १२ गते रानीले आफ्नो २ वर्षीया छोरी प्रमिलाको हत्या गरेर नदीमा आएको बाढीमा फालेपछि उनकै श्रीमान सुर्यनारायण मण्डलले जाहेरी दिएका दिएका थिए ।
यस मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते २० वर्ष कैद हुने गरी फैसला सुनाएका थिए । फैसला पश्चात फरार रहेकी रानीलाई बिहिवार बिहान राजगढ गाउँपालिका–५ मलेखपुर गाउँबाट पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
पक्राउ परेकी महिलालाई कैद भुक्तानका लागि कारागार कार्यालय राजबिराज पठाएको प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए ।
Sponsored