TodayPati

मधेश सरकार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय राख्ने

टुडेपाटी–
महोत्तरी, बैशाख ८ गते ।

मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रीले मन्त्रालयको नाम परिवर्तन गर्ने तयारी गरेको बताएका छन् ।

मन्त्री साहले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय गर्ने बताएका हुन् । मन्त्री साहले संघ सरकारसँग लड्दै अब मन्त्रालयका अधिकार लिन मन्त्रालयको नाम परिवर्तनबाट सुरु गर्ने बताएका हुन् ।

Sponsored

बिहीबार दलित महिला केन्द्र नेपालले महोत्तरीको बर्दिबासमा आयोजना गरेको महिला तथा किशोरीहरूका निम्ति सुरक्षित समाज निर्माणका लागि सरोकारवालाको भूमिका विषयक कार्यक्रममा मन्त्री साहले मन्त्रालयको नाम ‘गृह तथा सञ्चार’ राखिने बताए ।

उनले सम्बोधन गर्दै यस प्रदेशका नागरिकले सबै अधिकार प्राप्तिका लागि पहिले प्रदेश सरकार अधिकारसम्पन्न हुनुपर्ने भन्दै पहिले मन्त्रालयको नाम फेर्ने र अधिकार सुनिश्चित गर्ने बताए ।

उनले तत्काल मन्त्रालयको नाम फेर्ने तयारी रहेपनि स्थानीय तह निर्वाचनको आचारसंहिताले तत्काल नाम फेर्ने काम रोकिएको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *