TodayPati

सिरहा प्रशासनले बन्दुक माग्दा पनि सर्वसाधारणले बुझाएनन्

टुडेपाटी–
सिरहा, बैशाख ५ गते ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले इजाजत प्राप्त हातहतियार बुझाउन भनेपनि नबुझाइएको पाइएको छ ।

आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचन सुरक्षाकालाई मध्यनजर गर्दै जिप्रकाले सूचना जारी गरेको थियो ।

Sponsored

जिल्लामा ३ सय १४ थान इजाजत प्राप्त हतियार (बन्दुक) रहेपनि अहिलेसम्म २२ थान हतियारमात्र प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यता प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले तोकेको समयमा सवै हतियार नआएको भन्दै अब गृहमन्त्रालयबाट आएको निर्देशन बमोजिम कारवाही गर्ने बताए ।

जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र हातहतियार बुझाउन पत्र लेखेकोमा यस अवधिमा ३ सय १४ मध्ये २२ थान हतियारमात्रै प्राप्त भएको र बाँकी ल्याउने विषयमा माथिको निर्देशन बमोजिम गर्ने प्रजिअ कवारीले बताए ।

Sponsored

जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन गत चैत ७ गते सूचना जारी गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *