मधेश प्रदेश : विवाह घरमा करेन्ट लाग्दा एकजनाको मृत्यु, ७ जना घाइते
टुडेपाटी–
रौतहट, बैशाख ४ गते ।
विवाह हुन लागेको एक घरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
रौतहटमा बिहे घरमा गीत गाउने क्रममा माइकमा विद्युतको करेन्ट प्रवाह हुँदा दुर्गाभगवती गाउँपालिका–१ की ३० वर्षीया सम्घरिया देवीको मृत्यु भएको हो।
दुर्गाभगवती–१ स्थित शिव मन्दिर टोलका नरेश राउतको छोरीको विवाहको पूर्वसन्ध्यामा शनिवार अबेर गाउँलेहरु भेला भएर नाचगान गरिरहेका थिए । सोही क्रममा माइकमा करेन्ट प्रवाह हुँदा सम्घरिया देवीसहित ८ जना महिलालाई करेन्ट लागेको थियो ।
अस्पतालमा उपचारको क्रममा सम्घरिया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
करेन्ट लागेर दुर्गाभगवती १ पिपराकी सिता देवी राउत बरै, अनिता देवी राउत , मन्तोरिया देवी , मुनि राउत , केवला देवी, शुसिला देवी र हिरिया देवी घाइते भएकी छिन् ।
Sponsored