TodayPati

जनकपुरधाममा लामखुट्टे नियन्त्रण गर्न ५० लाख बढी खर्च, तर आतंक उस्तै

टुडेपाटी-
जनकपुरधाम, बैशाख ४ गते ।

जाडो होस् वा गर्मी, राति होस् की दिउँसो, घरमा होस् वा बाहिर, जहाँ पनि, जति बेला पनि अलि शान्त भएर बस्यो की लामखुट्टे टोकी हाल्छन् । कहिल्यै पनि जनकपुरधामका नगरिक लामखुट्टे आतंकबाट मुक्ति पाएनन् ।

फरक यति छ की गर्मी याममा बढी र जाडो बढेको बेला अलि कम टोक्छ । तर, राज्य संयन्त्र, सम्बन्धित निकाय ठूलो प्रकोपको रुपमा रहेको लामखुट्टे नियन्त्रण गर्न हालसम्म गम्भीर देखिँदैनन् ।

Sponsored

लामखुट्टेको प्रकोपले नागरिक आजित छन् । झुल, मछरधुप जालीको शहाराले दिनरात बिताइरहेका छन् । तर, लामखुट्टे नियन्त्रणको नाममा जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतितिनिधि र कर्मचारी वर्षेनी लाखौं रकम स्वाहा गर्न पछाडि परेनन् ।

तर उपलब्धि भने सँधै सुन्य जस्तै छ । जाडोको बेला लामखुट्टेको प्रकोप अलि कम भयो की मेयर लालकिशोर साह लगायत जनप्रतिनिधि भ्रम फलाक्दै हिड्छन् ‘लामखुट्टे नियन्त्रण भयो ।’ बोल्न अलि पनि लाज नमान्ने ।

उपमहानगरपालिका कार्यालय तीन वर्ष यता लामखुट्टे नियन्त्रणको नाममा ५० लाख रुपैयाँ बढी खर्च गरेको पाइएको छ । पत्रकार शैलेन्द्र महतो क्रान्तिले सूचनाको हक प्रयोग गरी उपमहानगरपालिका कार्यालयबाट मागेको तथ्यांकमा ५१ लाख ७७ हजार ८५६ रुपैयाँ तीनवर्षमा नगरपालिकाले रकम खर्च गरेको उल्लेख छ ।

Sponsored

आर्थिक वर्ष २०७६।०७७मा १५ लाख २३ हजार १३१ रुपैयाँ, आर्थिक वर्ष २०७७।०७८ मा २३ लाख २४ हजार २२३ रुपैयाँ खर्च गरेको छ ।

यस्तै चालु आर्थिक वर्ष २०७८।०७९ मा १३ लाख ३० हजार ५०२ रुपैयाँ उपमहानगरपालिका कार्यालयले नगरभित्र लामखुट्टे नियन्त्रण गर्न खर्च गरेको हो ।

लामखुट्टे नियन्त्रणको नाममा बजेट जनप्रतिनिधी र कर्मचारी मिलेर भ्रष्टाचार गर्दै आएको व्यापक जनगुनासो छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *