TodayPati

रौतहटमा सामाजिक सञ्जालमा भ्रम फैलाउने ३ कर्मचारी बर्खास्त

टुडेपाटी-

रौतहट, चैत ३० गते ।

रौतहटमा सामाजिक संजाल मार्फत भ्रम फैलाउने तीन कर्मचारीलाई बर्खास्त गरेका छन् । रौतहटको गढीमाई नगरपालिकाको राहत वितरण सम्बन्धमा भ्रम सिर्जना गरेको र सामाजिक संजालमा जथाभावी पोस्ट गरेको आरोपमा उनीहरूलाई बर्खास्त गरेको हो ।

Sponsored

बर्खास्तमा परेका तीनैजना कर्मचारी करारमा नियुक्त गरिएका थिए । वडा नम्बर ६ को लागि आएको राहत मेयर र नगरपालिकाका कर्मचारीले बाँडेर खाएको भन्दै कर्मचारीहरुले दुष्प्रचार गरेकोले उनीहरूलाई बर्खास्त गरिएको मेयर श्यामप्रसाद यादवले बताए ।

बर्खास्त गरिएका कर्मचारी र थप दुईजनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि नगरपालिकाले इलाका प्रहरी कार्यालय गरुडामा पत्राचार गरेको छ ।

वडा नम्बर ६ मा अझै राहत वितरण गर्न बाँकी छ । राहतको लागि ५६५ जनाको नामावली संकलन गरेकोमा छानबिन गरेर आवश्यक देखिएका सबैलाई राहत प्रदान गरिने मेयर यादवको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *