मधेश प्रदेशको जिल्लामा घट्दै कोरोना संक्रमित, ८ जना मात्र छन् सक्रिय संक्रमित
टुडेपाटी–
जनकपुरधाम, बैशाख २ गते ।
मधेश प्रदेशको ६ वटा जिल्ला कोरोना संक्रमण मुक्त भएको छ ।
स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका अनुसार प्रदेशको दुई वटा जिल्लामा ८ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।
आठ वटा जिल्ला भएको मधेश प्रदेशको धनुषा र महोत्तरीमा मात्र कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।
धनुषामा ६ जना र महोत्तरीमा २ जना कोरोनाको सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले जानकारी दिए ।
कोरोनाको तीन वटै लहरमा मधेश प्रदेशमा ४१ हजार ४ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै कोरोना संक्रमणबाट १ हजार ६२ जनाले आफ्नो ज्यान गुमाएका हुन् ।
Sponsored