TodayPati

गृहमन्त्री र जनमत पार्टीबीच छलफल, जनमतको माग सम्बोधन गर्न सरकार सकारात्मक

टुडेपाटी–
काठमाडौं, वैशाख २ गते ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत नेताहरू र गृहमन्त्री बालकृष्ण खाणबीच छलफल भएको छ ।

गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा सरकारले ०७१ असोज १५ र ०७५ फागुन २४ मा भएका सहमति कार्यान्वयनबारे छलफल भएको थियो ।

Sponsored

सरकारका तर्फबाट छलफलमा गृहमन्त्री खाणसहित महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी थिए।

जनमत पार्टीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्षत्रय बसन्त कुशवाह, दिपक साह र नरेन्द्र साह तथा महासचिव चन्दन सिंह सहभागी थिए ।

छलफलमा जनमत पार्टीले आफूहरूसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेको थियो ।

Sponsored

थुनामा रहेका पार्टीका नेता कार्यकतालाई रिहा गर्नुपर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने जनमत पार्टीको माग छ।

कृषि आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकता रिहा र कृषिसम्बन्धी आफूहरूका माग प्रस्तुत गर्दै पूरा गर्न जनमत पार्टीले आग्रह गरेका थिए ।

गृहमन्त्री खाणले मुलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचनमा जाने तयारी गर्नु स्वागतयोग्य काम भएको बताउँदै जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *