TodayPati

जनकपुरमा २ सय बेडको अत्याधुनिक क्यान्सर अस्पताल बन्ने

रासस-
जनकपुरधाम, चैत २८ गते ।

जनकपुरधाममा विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले २०० श्ययाको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेसन (अमेरिका) सँगको सहकार्यमा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको फाउन्डेसनका अध्यक्ष डा। विनय शाहले जानकारी दिए ।

Sponsored

डा।शाहले नयाँ आगामी वर्ष २०७९ को वैशाख २ गते जनकपुरधाममा सो क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरिएको जानकारी दिए । उनले नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले सो अस्पतालको शिलान्यास गर्नुहुने जानकारी पनि उनले दिए ।

फाउन्डेसनका अध्यक्ष डा।शाहले भने, ‘यस अस्पतालको निर्माण गरिने भवन अमेरिकाको सान फ्रान्सिस्कोस्थित फोंग एण्ड चान आर्किटेक्ट्सद्वारा डिजाइन गरिएको छ । उनीहरूको नवीनतम् डिजाइन अस्पतालको कार्यक्षमतालाई प्रभावकारी बनाउने खालको छ’, डा।शाह भन्छन्, ‘पहिलो चरणमा यो अस्पताल एक लाख वर्ग फिटमा सञ्चालन हुनेछ । हामी सन् २०२५ सम्ममा १०० श्ययाको भवन निर्माण गरिसक्ने छौँ ।’

अस्पताल भवन निर्माणका लागि स्थानीय समर्थक तथा समाजसेवी विनोद ठाकुरले केही जग्गा दान गरेको जानकारी डा शाहले दिए ।

Sponsored

बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ ।

विगतमा, यीमध्ये धेरै बिरामीले क्यान्सरको उपचारका लागि आठ घण्टा वा बढी यात्रा गर्नुपथ्र्यो । यस्तो यात्राका लागि स्रोतसाधन नभएकाले उपचार नै पाउँदैनथे ।

हाल जनकपुरधाम मा बिटिएफसिसी को २५ श्ययाको अस्पताल सञ्चालनमा रहेको छ ।

जनकपुरधामको कपिलेश्वर सडकमा भाडाको भवनमा रहेको सो अस्पतालका सेवामा मेडिकल ओन्कोलोजी, सर्जिकल ओन्कोलोजी, टाउको र घाँटीको क्यान्सर सर्जरी, प्रयोगशाला, फार्मेसी, आपत्कालीन कोठा, रेडियोलोजी, हिस्टोप्याथोलोजी, आइसियु र एनेस्थेसियोलोजी समावेश छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *