TodayPati

पेट्रोलियम पदार्थको खपत कम गर्न अब सातामा दुई दिन सार्वजनिक बिदा !

टुडेपाटी–
काठमाडौं, चैत २८ गते ।

पेट्रोलिय पदार्थको खपत कम गर्न अब सातामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।

पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने योजनासहितको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

Sponsored

अर्थमन्त्री जनार्दन शर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिनेगरी पेट्रोलियम पदार्थको खपत घटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भइसकेको बताए ।

सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्रीले पेट्रोलियम पदार्थको खपत घटाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा गरिएको जानकारी दिए ।

दुई दिन सार्वजनिक बिदा दिएपछि निजी प्रयोजनका लागि खपत हुँदै आएको पेट्रोलियम पदार्थको खपत घट्ने सरकारको अनुमान छ ।

Sponsored

सरकारले सार्वजनिक विदामा सरकारी लगायत विभिन्न कार्यालय बिदा हुने र त्यो दिन प्रयोग हुने पेट्रोलियम जोगिने प्रक्षेपणसहित दुई दिन विदा दिएर २० प्रतिशतसम्म पेट्रोलियमको खपत घटाउने योजना बनाएको हो ।

रुस–युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

घाटामै तेल बेच्दै आएको नेपाल आयल निगमसँग तेल किन्ने रकम समेत सकिसकेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *