मधेश प्रदेश : भारतीय मलखादसहितको ट्रक नियन्त्रणमा
टुडेपाटी–
रौतहट, चैत २८ गते ।
प्रहरीले भारतिय मलखाद र विषादी औषधिसहितको एउटा ट्रक रौतहटमा नियन्त्रणमा लिएको छ ।
ठूलो परिमाणमा भारतबाट अवैधरूपमा मलखाद तथा विषादी औषधि भित्र्याएको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक बरुण सिंहको कमान्डमा गएको टोलीले उक्त ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्लाको कटहरिया नगरपालिका छेदिचौक बजार छेउबाट प्रदेश २ ००३-००१ ख ३७४९ नम्बरको ट्रक नियन्त्रणमा लिएकोमा सो ट्रकमा १४० बोरा भारतिय डिएपी मलखाद र ८ कार्टुन विषादी औषधि बरामद भएको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।
अनुसन्धानको क्रममा उक्त मलखाद र विषादी औषधि अवैधरूपमा भित्रिएको देखिएपछि ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौर पठाएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
फाइल तस्विर
Sponsored