TodayPati

वैदेशिक रोजगारबाट फर्केका युवालाई लक्षित गरी जनकपुरमा कार्यशाला गोष्ठी सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, चैत २५ गते ।

विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यशाला गोष्ठी जनकपुरमा सम्पन्न भएको छ ।

शिक्षा पत्रकार समूहको आयोजना, युएनडिपीको सहयोग तथा शिक्षा, विज्ञान प्रविधि मन्त्रालय र सामाजिक विकास मन्त्रालय मधेश प्रदेशको सहकार्यमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई लक्षित गरी कार्यक्रम भएको हो ।

Sponsored

वैशिक रोजगारको क्रममा आर्जन गरेका सीप र अनुभवलाई क्षमता अभिवृद्धि गरि स्वदेशमै स्वरोजगारमुखी बनाउने उद्धेश्यले युएनडिपीले स्किल्स कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रममलाई सम्बोधन गर्दै महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्रप्रसाद सिंहले बैदेशिक रोजगारबाट फर्किएका नेपाली युवाहरुलाई सरकारले स्वदेशमै रोजगारको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे ।

युवाहरुले विदेशमा रहँदा आर्जन गरेका सीपलाई स्वदेशमै उनीहरुको सीपलाई सदुपयोग गर्न सहुलियत दरमा ऋण दिनुपर्ने, स्वरोजगारका लागि विउ पुँजी, कर छुटलगायतको क्षेत्रमा सरकारले सहयोग गर्नु धारणा व्यक्त गरे ।

Sponsored

मन्त्री सिंहले मधेश प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले यस आर्थिक वर्षमा पाँच सय महिलाहरुलाई लक्षित गरेर सिपमुलक कार्यक्रमको योजनाअनुसारका कार्यान्वयन भई रहेको बताए । बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुका लागि सीपमुलक क्षमता अभिवृद्धि कार्यक्रम निकै सान्दर्भिक भएकाले यसमा आवश्यक साथ र सहयोगका लागि प्रदेश सरकारले हातमालो गर्ने प्रतिवद्र्धता जाहेर गरे ।

प्रदेशसभा सदस्य मन्जु यादवले बैदेशिक रोजगारको क्रममा हाम्रा नेपालीहरुले निकै दुःख र कष्टबाट आर्जन गरेका सीपलाई स्वदेशमै स्वरोजगार बनाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिइन् ।

प्रदेशसभा सदस्य चमेली देवी दासले बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारको सृजना गर्न तीनै तहका सरकारले प्रोत्साहन गर्ने खालको कार्यक्रमको आयोजना गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

निति आयोगका सदस्य प्रर्मिला देवी सिंहले प्रदेश सरकारले बनाउने योजना तथा कार्यक्रमहरुमा बैदेशिक रोजगारबाट फर्किएका युवाहरुका लक्षित गरि कार्यक्रम बनाउन आफुहरुले सल्लाह र सुझाव दिने बताइन् ।

सिटिईभिटीका निर्देशक दिपक प्रसाद पौडेलले मधेश प्रदेशबाट निकै युवाहरु बैदेशिक रोजगारमा जाने र फर्किएपछि पुनः बेरोजगार हुनेलगायतको समस्या न्युनिकरणका लागि सरकारले युएनडिपीको सहयोगमा स्किल्स कार्यक्रम ल्याउनु निकै सराहनिय काम भएको बताए ।

युएनडिपीको पोर्ट पोलियो म्यानेजर कल्पना सरकारले विदेशबाट फर्किएका युवाहरुको दक्षता र सीपको पहिचान गर्ने, आवश्यक तालिम दिई दक्ष बनाउने र व्यवसायीकरणका लागि प्रोत्साहित गर्ने बताइन् । मधेश प्रदेशका १४ पालिका र लुम्बिनी प्रदेशका ७ पालिकाका १५ सय युवा यस स्किल्स कार्यक्रमबाट लाभान्वित हुने बताइन् ।

No description available.

विशेष गरी कोभिड –१९ का कारण विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका नेपाली नागरिकहरूलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको यूएनडिपि स्कील प्रोजेक्टका राष्ट्यि कार्यक्रम प्रवन्धक डा. मुकुन्दमणी खनालले जानकारी दिए ।

डा. खनाल अनुसार उनीहरुसँग भएको सीपको पहिचानसहित कार्यस्थलमा आधारित सीप विकास, प्रमाणीकरण र स्वःरोजगार तथा श्रम बजारमा रोजगारीको अवसरका लागि सहजीकरण गरी स्थानीय उत्पादनमा आधारित उद्यमशीलतालाई टेवा पु¥याउनु कार्यक्रमको उद्देश्य रहेको छ ।

शिक्षा पत्रकार समूहका केन्द्रिय अध्यक्ष कृष्ण मल्लले विदेशमा सिकेको सीप र अनुभवलाई स्वदेशमै स्थापित गर्ने कार्यक्रमले स्वदेशमै रोजगारी सिर्जना गर्न र अरुका लागि पनि सन्देश दिने बताए ।

सिटीइभिटी मधेश प्रदेशका डायरेक्टर नागेन्द्र साहको अध्यक्षता र मन्त्री सिंहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमम सम्पन्न भएको हो ।

कार्यक्रममा हंसपुर नगरपालिका उपप्रमुख रेणु झा, सिटीइभिटीका डायरेक्टर दिपक प्रसाद पौडेल, बरिष्ठ पत्रकार रामभरत साह, राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत रेखा दत्त, जनकपुरधाम उद्योग वाणिज्य संघका कोषाध्यक्ष अम्भु साह, जनकपुरधाम उपमहानगरपालिका कार्यपालिका सदस्य सुनिता देवीलगायतले आ आफनो धारणा राखेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *