TodayPati

धनुषामा शान्ति सुरक्षा कायम गर्न माग गर्दै धनुषाका सिडिओलाई व्यवसायीहरुले बुझाए ज्ञापन

टुडेपाटी–
जनकपुरधाम, चैत २५ गते ।

पछिल्लो समय धनुषाका व्यवसायीहरु असुरक्षीत भएको भन्दै व्यवसायीहरुले धनुषाका सिडिओलाई ज्ञापन पत्र बुझाएका छन् ।

धनुषाको विभिन्न स्थानमा चोरी आगजनी तथा अपराधिक किसिमको घटना बढ्दै गएको भन्दै जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

Sponsored

धनुषामा पछिल्लो समय घटेको घटनाले आम नागरिक तथा व्यवसायीहरुमा त्रासको वातावरण सृजना भएको भन्दै उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले शान्ति सुरक्षा कायम गर्न माग गर्दै प्रजिअ पौडेललाई ज्ञापन पत्र बुझाएको जानकारी दिए ।

यहाँ घटेका घटनाहरुले उद्योगी व्यवसायी तथा आम नागरिकहरुमा भय उत्पन्न भएको भन्दै शान्ति सुरक्षाको व्यवस्था गर्दै व्यवसायीहरुको प्रतिष्ठानहरुमा घटेको घटनाहरुलाई सुक्ष्म रुपमा अनुसन्धान गर्न व्यापार संघले प्रजिअ पौडेलसँग आग्रह गरेका हुन् ।

धनुषामा पसलहरुमा चोरी तथा आगजनीको घटना अहिले बढेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *