TodayPati

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जालमा उम्मेदवार र दलबाहेक कसैले प्रचार गर्न नपाउने

टुडेपाटी–
काठमाडौं, चैत २५ गते ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता लागू भएको छ ।

शुक्रवार निर्वाचन आयोगले पत्रकार सम्मेलनको आयोजना गरी आचारसंहिता शुक्रवार देखि नै लागू भएको जनाएको हो ।

Sponsored

आचारसंहिता लागू भएपछि कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र नभई सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न नपाइने भएका छन् ।

दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ ।

आयोगले निर्वाचनमा झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्नमा समेत रोक लगाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *