नागरिकता विहिनताको अवस्थामा मानव अधिकारको संरक्षण ठुलो चुनौती छ : मुख्यमन्त्री राउत
टुडेपाटी–
जनकपुरधाम, चैत २५ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले लाखौ युवाहरुको नागरिकता विहनताको अवस्था मानव अधिकार संरक्षणको क्षेत्रमा ठुलो चुनौतीको रुपमा अघि आएको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनकपुरधाममा आयोजना गरेको मानव अधिकार सम्बन्धि कार्ययोजना कार्यान्वय विषय छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले जन्मसिद्ध नागरिकता प्राप्त लाखौ नागरिकका सन्तानहरु नागरिकता नपाएर समान्य मानवअधिकारबाट समेत बंचित हुनु राज्यको लागी ठुलो चुनौती रहेको बताए ।
उनले नागरिकता विहिनताको अवस्थाले उनिहरु समान्य मानवअधिकारबाट समेत बंचित भएको बताए । उनले भने, ‘शिक्षा र स्वाथ्यमा समेत पहुँच पाउन सकेका छैन, यो भन्दा ठुलो चिन्ताको विषय अरु के हुन सक्छ ?’
संविधानद्वारा प्रदत मानवअधिकार बाट समेत नागरिक बंचित हुनुमा कानूनको कार्यान्वयन पक्ष कमजोर रहेको हुनाले कानून कार्यान्वयमा जोड दिनु अहिलेको प्रमुख दायित्व रहेको उनको भने ।
सदियौ देखी बहिस्करण र बंचितिकरणमा परेको समुदायहरुको मानव अधिकार संरक्षणको लागी प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले निर्माण गरेको हरेक कानूनमा त्यसलाई सुनिश्चित गरेको दावी गरे ।
Sponsored
मधेशी, दलित, मुस्लिम, महिला लगायका सिमान्तकृत समुदायहरुको शिक्षा, स्वास्थ्य र आवास जस्ता आधारभूत आवश्यकताहरुको ग्यारेन्टी नभए सम्म मानवअधिकारको संरक्षण सम्भव नरहेको मुख्यमन्त्री राउतले उल्लेख गरे ।