TodayPati

अस्ताउँदै गरको सूर्यलाई अर्घ दिइयो

टुडेपाटी–
जनकपुरधाम, चैत २४ गते ।

जनकपुरधाम सहित तराई मधेशको जिल्लामा आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ ।

आस्था एवं निष्ठापूर्वक मनाइने छठको तेस्रो तथा मुख्य दिन बिहिवार छठ घाटमा ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका छन् ।

Sponsored

छठको मुख्यदिन भएकोले जनकपुरधामको पोखरीहरुलाई सजाइएको थियो भने छठ घाटमा श्रद्धालु तथा हेर्नेहरुको घुँइचो लागेको छ ।

कात्तिक महिनामा मनाइने छठ पर्व जतिको संख्यामा श्रद्धालुभक्तजनहरु नभए पनि चैती छठ पर्व मनाउनेहरुको संख्या बढ्दै गएको छ ।

शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चैती छठ सम्पन्न हुनेछ ।

Sponsored

No description available.
No description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *