TodayPati

मधेश प्रदेशका सांसद कौशल यादव विवाह गर्दै

टुडेपाटी-
जनकपुरधाम, चैत २३ गते ।

जनता समाजवादी पार्टीका नेता तथा मधेश प्रदेशका सांसद कौशल यादव वैवाहिक जीवनमा बाँधिन लागेका छन् ।

जीवनभर अविवाहित रहने मनस्थितिमा रहेका सांसद यादव उमेरले ४० कटेपछि विवाहका लागि राजी भएका हुन् ।

Sponsored

राजी भएपछि घरपरिवराले दुल्ही रोजेर सांसद यादवको विवाहका तिथिमित पनि तय गरेको हो ।

भारत विहार राज्यको मधुवनी जिल्ला स्थित जयनगर बेलाकी रिंकु यादवसंग सांसद यादवको विवाह फाइनल भएको हो ।

अगामी जेठ ११ गते जनकपुरको कलवार कुट्टीमा आफ्नो विवाह कार्यक्रम हुने सांसाद यादवले टुडेपाटीलाई बताए ।

Sponsored

महोत्तरीको सोनमा गाउँपालिका ५ घर भएका यादव संविधानसभा सदस्य पनि हुन् ।

गएको २०७४ को प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नंं ४ (क)बाट निर्वाचित भएका थिए । बुबा रामलखन यादव र आमा कुन्ती यादवको ६ सन्तान मध्येका कान्छो छोरा हुन् सांसद यदव ।

२०४६ सालदेखि काँग्रेसमा लागेर राजनीतिक यात्राको सुरुवा तगरेका यादव २०६४ को संविधानसभाको निर्वाचनमा तत्कालिन मधेशी फोरम नेपालबाट महोत्तरी क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए । सांसद यादव यादव जातीको जातीय संगठन गोपाल सेवा समितिका केन्द्रिय अध्यक्ष समेत हुन् ।

आफ्नै भतिज सुनिल र सुशिलले आफ्नो स्वाभिमान र प्रतिष्ठामाथि प्रश्न उठाएपछि विवाहको लागि तयार भएको सांसद यादवको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *