TodayPati

प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत्त एक स्टाफ नर्सको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, चैत २३ गते ।

प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत्त एक स्टाफ नर्सको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको डायलसिस वार्डमा कार्यरत्त अन्दाजी ३० वर्षीय दीपा कामैतको मृत्यु भएको हो ।

Sponsored


गत चैत २१ गते नै उनको निधन भएको प्रादेशिक अस्पतालले बुधबार एक शोक विज्ञप्ती जारी गर्दै जनाएको हो ।

ब्लड क्यान्सरबाट पीडित कामैतको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रादेशिक अस्पतालका अधिकृत रामटहल यादवले जारी गरेको शोक विज्ञप्तीमा मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति संवेदान व्यक्त गरिएको छ ।

Sponsored

दीपा जनकपुर नर्सिंग कलेजबाट स्टाफ नर्स अध्ययन गरेकी थिइन् ।

May be an image of text

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *