लोसपा अध्यक्ष महन्त ठाकुर अस्वस्थ, उपचारका लागि काठमाडौं लगियो
टुडेपाटी–
भैरहवा, चैत २३ गते ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् ।
अध्यक्ष ठाकुरको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि बुधबार दिउँसो हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
पार्टीको कार्यक्रमका मंगलबार भैरहवा पुगेका अध्यक्ष ठाकुर भैरहवास्थित होटल पौवामा बसेका थिए ।
आज बिहान उनले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएपछि भैरहवास्थित भीम अस्पतलका चिकित्सक सिद्धार्थ पाण्डेसहितको टिम उपचारमा खटिएको थियो ।
अध्यक्ष ठाकुरको छातीमा समस्या हनुका साथै उच्च ज्वरो र निमोनियाको समस्या देखिएको चिकित्सक पाण्डेले भने । उपचारपछि उनको स्वास्थ्य अवस्थामा धेरै सुधार आए पनि थप उपचारका लागि काठमाडौं रिफर गरिएको उनले बताए ।
Sponsored
ठाकुरलाई हेलिकप्टरबाट काठमाडौंको मेडिसीटी अस्पतालमा उपचार गर्ने गरि भैरहवाबाट लगिएको हो ।