TodayPati

मधेश प्रदेश : करोडौँको सामान बोकेको दुईवटा मालबाहक ट्रक नियन्त्रणमा

टुडेपाटी–
पर्सा, चैत २३ गते ।

करोडौँको सामान बोकेको दुईवटा मालबाहक ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रज्ञापन पत्र बिना वीरगन्जबाट पथलैजा जाँदै गरेका दुई वटा ट्रकलाई प्रहरीले मंगलबार राति वीरगञ्जमा नियन्त्रणमा लिएको हो ।

Sponsored

ना७ख ९४२ र ना२ख ९५४३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटेको टोलीले राति साढे ८ बजे ट्रक नियन्त्रणमा लिएको हो।

ना७ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार रुपैयाँ बराबरको कपडा र मालसामान रहेको र ना२ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री, औषधी र खुद्रा सामानहरू रहेको थियो ।

Sponsored

आवश्यक कारबाहीका लागि प्रहरीले दुबै ट्रकलाई बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *