TodayPati

पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन राष्ट्र बैंकको सुझाव

टुडेपाटी–
काठमाडौं, चैत २३ गते ।

नेपाल राष्ट्र बैँकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ ।

नेपाल सरकारको आर्थिक सल्लाहकार समेत रहेको राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्थाबारे गत १६ चैतमा अर्थ मन्त्रालयमा लिखित सुझाव पठाउँदै यस्तो सुझाव दिएको हो ।

Sponsored

राष्ट्र बैंकले अर्थमन्त्रीलाई सम्बोधन गरी लेखेको सुझाव पत्रको ४ नम्बर बुँदामा मासिक १२ देखि १३ अर्ब रुपैयाँ बराबर मात्रै भुक्तानी हुने गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन मिलाउनु पर्ने उल्लेख छ ।

पेट्रोलियमको पदार्थको आपूर्ति कम गर्ने निर्णय हुबहु कार्यान्वयन भएमा हालको पेट्रोलियम आयातमा आधा भन्दा बढी कटौती हुनेछ । जसको कारण पेट्रोलियमको चरम अभाव पैदा हुन सक्ने निगमका अधिकारीहरु बताउँछन् ।

नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थ खरिद गरेबापत अहिले भारतीय आयल निगमलाई मासिक कम्तीमा २४ देखि २९ अर्ब रुपैयाँसम्म रकम भुक्तानी गर्दै आएको छ ।

Sponsored

गत मार्च महिनामा निगमले २९ अर्ब रुपैयाँको पेट्रोलियम खरिद गरेको थियो । यस्तै अघिल्लो फेब्रुअरी महिनामा २७ अर्बको तेल किनिएको निगमका नायब उपकार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।

निगमले अहिले औसत २ लाख ७८ हजार किलोलिटर पेट्रोलियम खरिद गर्ने गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *