TodayPati

जनकपुरमा डिसहोम इन्टरनेटको ठगी धन्धा

टुडेपाटी-
जनकपुरधाम, चैत २२ गते ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा फाइबर इन्टरनेट सेवा डिसहोमले उपभोक्तालाई ठगी गर्दै आएको छ ।

सुरुवाती चरणमा केहि राम्रो सेवा प्रदान गरेपनि पछिल्लो समय पटक पटक डिस्कनेक्ट हुने, नचल्ने जस्ता समस्या देखिने गरेको व्यापक जनगुनासो छ ।

Sponsored

वार्षिक एकैपटक रुपैयाँ भुक्तानी गरेपनि हप्तैपिच्छे इन्टरनेट चल्न बन्द हुने, नेट स्लो हुने र डिसहोम कसटमर सेन्टरमा फोन गर्दा तत्कालै चाँसो नलिने गरेको सेवाग्राहरुहरु बताउँछन् ।

जनकपुरधाममा डिसहोमका मेनेजर मनोज महासेठ छन् । उनले कतिपय ग्राहकलाई ढाँटेर डिसहोम फाइवर नेटको नाममा पहिलादेखि नै करेन्ट नेपाल इन्टरनेट जडान गरेको खुलेको छ ।

९ महिनादेखि जडान गरेको इन्टरनेटमा पटक पटक समस्या आउने गरेको गुनासो एक सेवाग्राहीले डिसहोमको ग्राहक सेवा प्रतिनिधि (कस्टमर) सेन्टरमामा गुनासो गर्दा त्यहाँ दर्ता नरहेको बताएको छ । ती ग्राहकका अनुसार सो नामको ग्रहक र मोबाइल नम्बर कस्टमर सेन्टरको लिस्टमा छैन ।

Sponsored

यता डिसहोम जनकपुरका म्यानेजर महासेठले पहिलादेखि सो इन्टरनेट करेन्ट नेपालको रहेको र तीन।चार महिना अघिदेखि मात्र डिसहोमको जडान भएको बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *