TodayPati

युक्रेनको बुचा सहरमा तीनसय सर्वसाधारणको हत्या, रुसी सेनाले गरेको राष्ट्रपति जेलेन्स्कीको आरोप

एजेन्सी-
जनकपुरधाम, चैत २२ गते ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुचा सहर नियन्त्रणमा लिएर रुसी सेनाहरूले आफ्ना तीन सय बढी सर्वसाधारणको हत्या गरेको आरोप लगाएका छन् ।

किएभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति जेलेन्स्कीले यातना दिएर आफ्नो नागरिरको रुसी सैनिकले हत्या गरेको आरोप लगाएका हुन् ।

सम्बोधनका क्रममा जेलेन्स्कीले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी दिए।

उनले हाल आफूहरूसँग बुचामा मात्रै तीन सय भन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेको बताउँदै पुरै सहरमा अनुसन्धान गरिदाँ पीडितहरूको सङ्ख्या अझ ठूलो हुनसक्ने बताए।

‘किएभ सहितका क्षेत्रका जिल्लाहरूमा रुसी सेनाले पकड स्थापित गरेका बेला स्थानीयबासीहरूले ८० वर्ष अघि नाजीहरूले कब्जा गर्दा समेत नदेखेका काम रुसी सेनाले गरेका छन्’ उनले भने ।

No description available.

जेलेन्स्कीले रुसी सेनाले बुचा सहित अन्य सहरहरू कब्जा गरेको बेला गरेका अपराधहरूको पूर्ण र पारदर्शी अनुसन्धान गर्न आफ्नो सरकार इच्छुक रहेको पनि बताएका छन्।

बुचा सहित किएभ नजिक रहेका अन्य स्थानहरूको भ्रमण पश्चात् जेलेन्स्कीले रुसी सेनाले सहरहरू ध्वस्त पारेको, अपहरण गरेको, यातना दिएको अनि सर्वसाधारणहरूलाई मारेको प्रशस्त प्रमाण फेला परेको बताएका छन्।

जेलेन्स्कीले आफ्नो सरकारले त्यस्तो कार्यमा संलग्न रुसी सेनाको पहिचान गर्ने सबै खाले प्रयास गरिरहेको बताउँदै रुसी सेनाबाट पीडित सर्वसाधारणहरूको सङ्ख्या अन्य स्थानमा अझ धेरै हुनसक्ने सूचना रहेको चेतावनी दिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *