TodayPati

विदेह नगरपालिकामा किसानसंग कृषि बिकास बैंकले गर्यो छलफल

टडेपाटी-
जनकपुरधाम,चैत २१ गते ।

किसानहरुले उत्पादन गरेको दुग्ध मूल्य श्रृंखला मार्फत उचित बजारीकरण कसरी गर्ने भन्ने उदेश्यले कृषि बिकास बैंक खजुरी शाखाले धनुषाको बिदेह नगरपालिकामा एक कार्यक्रम सम्पन्न गरेको छ ।

किसानले मेहनत र दुःख गरी उत्पादन गरेको दुग्ध समयमा बिक्रि बितरण नहुदाँ बेला बेलामा मार्कामा परेको भन्दै अब बीटा कार्यक्रम मार्फत सो समस्या समाधान हुने कृषि बिकास बैंक, मधेश प्रदेशका क्षेत्रिय निर्देशक तिलक प्रधानले बताए ।

Sponsored

किसानको गोठ देखि उपभोक्ताको ओठ सम्म स्वच्छ र स्वस्थ दुग्ध पुर्याउने सरकारको निती तथा कार्याक्रम भए पनि विविध कारणवस सो हुन नसकेकोमा निर्देशक प्रधानले दुःख ब्यक्त गरे ।

अब लागु हुने बीटा कार्यक्रम मार्फत किसानलाई दुग्भ उत्पादन देखि बजारीकरण सम्म गर्नु पर्ने सहजीकरणको बाताबरण कृषि बिकास बैंकले गरिदिने प्रधानले जानकारी गराए ।

दुग्ध उत्पदन गर्ने किसानहरुको आयस्तर बढाइ कसरी ब्यबसायिकरण गर्न सकिन्छ भन्दै उनिहरुको उत्पादन क्षमता बृद्धि गरी बजारको माग र उत्पालनको संतुलन समेत यसै कार्यक्राम मार्फत गर्ने उनले स्पष्ट गरे ।

Sponsored

नेपाल सरकार र अर्थ मन्त्रालयको संयुक्त अभ्यास तथा नेपाल सरकारको बजेट भित्र रहेको किसान कार्ड, किसान एप्प तथा क्यास प्वाईन्ट, मर्चेन्टबारे हाम्रो शाखाले किसानको घर दैलोमा पुगेर जानकारी गराई रहेको कृषि बिकास बैंक खजुरी शाखाका प्रबन्धक श्रीराम महासेठले बताए ।

कोभिड–१९ को महामारीको मारमा रहेका किसान तथा व्यवसायी, सेवाप्रदायक संघ संस्थाहरुसंगको बीटुबी अन्तरकृया कार्यक्रममा ८० जना सहभागीहरु रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *