TodayPati

जनकपुरधाममा चैत २६ गते देखि जे टी-२० प्रतियोगिता हुने

टुडेपाटी-
जनकपुरधाम, चैत १९ गते ।

चैत २६ गते देखि जनकपुरधाममा जे टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जे टी-२० को दोस्रो संस्करणको आयोजना कोरोना महामारीका कारण पछिल्लो वर्ष हुन नसकेकोमा सो प्रतियोगिताको दोस्रो संस्करणको आयोजना हुन लागेको हो ।

चैत २६ गतेदेखि वैशाख ४ गतेसम्म धनुषा क्रिकेट संघको आयोजना हुने क्लव स्तरीय प्रतियोगितामा नेपाल भारतका विभिन्न टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक सरोज मिश्रले जानकारी दिए ।

Sponsored

जे टी-२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेसको ८ वटै जिल्ला तथा भारतको केही टिम सहभागी हुने मिश्रले बताए ।

कुनैै समय क्रिकेट खेलाडी उत्पादन गर्ने थलोको रुपमा जनकपुरधामलाई चिनिन्थ्यो । तर खेल गतिविधि नै कम भएकाले खेलाडीहरुलाई विस्थापित हुनु परेको दुखेसो पोख्दै प्रतियोगिताका सहसंयोजक प्रेमचन्दै रायले खेलकुद गतिविधि बढाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । यो प्रतियोगिताको दोस्रो संस्करण हो हामी यसलाई प्रत्येक वर्ष निरन्तरता दिने योजनामा रहेको उनले भने ।

चैत २६ गते पहिलो दिन उदघाटन खेल हुनेछ भने बाँकी प्रत्येक दिन २/२ वटा खेल नकआउट नियमको आधारमा हुने प्रतियोगिताका संयोजक मिश्रले बताए ।

Sponsored

बैशाख ३ गते २ वटै सेमी फाइनल मैच र वैशाख ४ गते प्रतियोगिताको फाइनल मैच हुने उनले बताए ।
लगभग १२ लाखको लागतमा आयोजना हुन लागेकोजे यस प्रतियोगिताको उपाधी जित्ने टिमलाई ५१ हजार र दोस्रो हुने टिमलाई २५ हजार राशीको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *