जयनगरबाट जनकपुरसम्म रेल आइपुग्दा जे देखियो (फोटो फिचर)
टुडेपाटी-
जनकपुरधाम, चैत १९ गते ।
बहुप्रतिक्षित जनकपुर जयनगर रेल सेवा आजदेखि विधिवत संचालनमा आएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्र नरेन्द्र मोदीले दिल्ली स्थित हैदराबाद हाउसबाट झण्डा हल्लाएर संयुक्त रुपमा उदघाटन गरेपछि रेल सेवा संचालनमा आएको हो ।
उदघाटनको लागि रेललाई नव दुलही झै सृंगारिएको थियो । उदघाटन लगतै भारत बिहारको जयनगर रेल्वे स्टेशनबाट रेल जनकपुरको लागि प्रस्थान गरेको थियो । लामोसमय पश्चात पहिलो पटक ब्रडगेज रेल गुड्दा नेपालीहरु निकै खुसी भएका छन् ।
रेल जनकपुरको लागि प्रस्थान गर्दा गाउँ गाउँका सर्वसाधारणहरु स्टेशनहरुमा नेपाल भारतको झण्डा तथा हात हल्लाएर स्वागत गरेका छन् ।
रेल्वे स्टेशनहरुमा खचाखच सर्वसाधारणको भीड लागेको थियो । सर्वसाधारणलाई सजाइएको रेलको फोटा तथा सेल्फी खिच्न भ्याइनभ्याइ थियो ।
Sponsored
जनकपुर रेल्वे स्टेशनमा विद्यार्थीहरु लाम लागेर नेपाल र भारतको झण्डा हल्लाउँदै रेलको स्वागत गरेका छन् ।
झण्डै आठ वर्षपछि रेल सेवा सञ्चालनमा आएपछि जनकपुर जयनगरका व्यवसायी तथा सर्वसाधारणहरु उत्साहित छन् ।
व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत रेलले ठूलो टेवा पुग्नेम विश्वास लिइएको छ ।
जयनगरदेखि जनकपुरसम्म आइपुग्दा यस्तो थियो दृश्य :