TodayPati

उद्यम विकास सहजकर्ताको मधेश प्रदेश भेला जनकपुरमा सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, चैत १८ गते ।  

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)मा कार्यरत्त  मधेश प्रदेश स्तरीय उद्यम विकास सहजकर्ताको भेला जनकपुरमा सम्पन्न भएको छ ।

शुक्रबार जनकपुरमा आठवटै जिल्लाबाट सहभागी भएका सहजकर्ता भेलाको एक कार्यक्रमबीच मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले उदघाटन गरेका छन् ।

Sponsored

भेलालाई उदघाटन गर्दै उद्योग मन्त्री महतोले मधेश प्रदेशमा औद्योगिक क्षेत्रको अवस्था दयनीय बन्दै गएकाले त्यसको सुधार तर्फ आफू प्रयासरत्त रहेको बताए ।

देशमा बढ्दै गएको युवा बेरोजगारको समस्या समाधान सहजकर्ताले गाउँ गाउँमै गएर सीप सिकाउने र घरेलु उद्योगमा लाग्न प्रेरित गर्ने कार्य सराहनीय रहेको बताए ।

No description available.

गरिबी निवारणको लागि काम गर्ने सहजकर्तालाई हौसला बढाउन स्थानीय सरकारले कार्यालय व्यवस्थापन समेत नगरिदिनु दुखद रहेको  उनको भनाइ थियो ।

Sponsored

उनले उद्योग मन्त्रालयको तर्फबाट हुने सहयोग गर्न आफू तयार रहेको बताउँदै उनले जोसजागरको रुपमा काम गर्न सहजकर्ताहरुलाई आग्रह गरे ।  

सहजशकर्ता समिति मधेश प्रदेशका अध्यक्ष पञ्चा पण्डितको अध्यक्षता एवं मन्त्री महतोको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघकी अध्यक्ष देवकी घिमिरेको विशिष्ट अतिथि रहेका थिए ।

No description available.

कार्यक्रममा विशिष्ट अतिथि संघकी अध्यक्ष घिमिरे, अतिथि घुवीर राय सहितले मेडपाको कार्यक्रमको प्रभावकारिताको विषयमा आ आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका नेतृ बबी महतो, नेपाल पत्रकार महासंघका पूर्व केन्द्री कोषाध्यक्ष सितल साह, समाजवादीका नेता प्रदीप मर्बैता, सहजकर्ता मनोज साह लगायतको विशेष उपस्थिति रहेको थियो ।

आठवटै जिल्लाबाट सहभागी भेलामा सहजकर्ताहरुको काम, चुनौती र प्रगति विषयमा समिक्षा गोष्ठी समेत गरिएको सहजकर्ता समिति धनुषाका अध्यक्ष शिवशंकर महतोले जानकारी दिए ।

मेडपा कार्यक्रम देशकै सबै स्थानीय तहमा लागु छ । मधेश प्रदेशमा रहेका १३६ स्थानीय तहबाट सहजकर्ताहरु भेलामा सहभागी भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *