कमिशन नबढाएपछि देशभर पेट्रोलियम पदार्थको बिक्री-वितरणमा अवरोध
टुडेपाटी–
काठमाडौं, चैत १८ गते ।
कमिशन नबढाएपछि अत्यावश्यक सूचीमा राखिएको पेट्रोलियम पदार्थको बिक्री वितरणमा व्यवसायीहरुले अवरोध सृजना गरेका छन् ।
व्यवसायीहरुले नेपाल आयल निगमले आफ्नो घाटा कम गर्न पेट्रोलियम पदार्थको भाउ बढाएसँगै विक्रेता कमिसन नबढाउने निर्णय गरेपछि पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेको हो ।
शुक्रवारदेखि राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले अत्यावश्यक पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेको हो ।
नेपाल पेट्रोलियम डिलर एसोसिएसनले सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्रीनै बन्द गर्ने चेतावनी दिएको छ ।
पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेर व्यवसायीहरुले आन्दोलन सुरु गरेपछि मुलुकभर इन्धनको अभाव हुन थालेको हो ।
Sponsored