TodayPati

धनुषाको सबै स्थानीय तहमा सामी परियोजना सञ्चालन गर्न जोड

टुडेपाटी-
जनकपुरधाम, चैत १७ ।

स्थानीय सरकार परियोजना व्यवस्थापन समिति धनुषाको बैठकले आगामी आर्थिक वर्षमा सबै स्थानीय तहमा यस परियोजनाको आवश्यकता रहेको ओल्याएका छन् ।

बिहिवार बसेको सामी परियोजना अन्तर्गतको समितिको बैठकले मुलुकमै सबैभन्दा बढी बैदेशिक रोजगारमा जाने जिल्लाको रुपमा धनुषा रहेकोले यस परियोजनालाई सबै पालिकामा विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।

Sponsored

हाल जनकपुरधाम उपमहानगरपालिका, शहिदनगर नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र धनौजी गाउँपालिकामा सामी परियोजना सञ्चालन रहेकोमा आगामी दिनमा सबै पालिकामा यसको आवश्यकता रहेको परियोजनाका संयोजक अनिरुद्ध मुखियाले बताए ।

बैठकमा सामी परियोजनाले आफ्नो ८ महिनाको गतिविधिको प्रगति विवरण प्रस्तुत गरेकोमा यसलाई उत्कृष्ट भनिएको काउन्सलर मुखियाले बताए ।

बैठकमा सहभागी गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख मिना कुमारी यादवले यस परियोजनाको आवश्यकता सबै स्थानीय तहमा रहेको बताईन् । उनले आफुसँग आएर सामी परियोजनालाई थप केही कार्यक्रम गर्न अनुरोध गरिन् ।

Sponsored

त्यस्तै बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । बैठकले सामी परियोजनाको आव २०७८/७९ को ८ महिनाको प्रगती प्रस्तुत गर्दा प्रगति सन्तोष जनक रहेको पाइएको र सिपमा अझ फोकस गर्ने समेत सुझाव दिने निर्णय गरेको हो ।

त्यस्तै आउँदो आवको बजेट तर्जुमा गर्ने बेला भएकोले आउँदो बजेटमा वैदेशिक रोजगारीको मुद्दा सम्बोधन गर्न सामी लागु भएको सबै स्थानीय तहलाई बजेट विनियोजनका लागि अनुरोध गर्ने, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सामी लागु भएका र लागु नभएमा पनि आप्रवासन कार्यविधि कार्यपालिकाबाट पास गराउने र वैदेशिक रोजगारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न श्रम तथा रोजगार शाखा स्थापना गर्न अनुरोध गर्ने निर्णय गरिएको हो ।

बैठकमा चार वटै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालयका अधिकृत, विभिन्न पालिकाका रोजगार संयोजक लगायत ३५ जनाको उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *