TodayPati

मधेश प्रदेशको दुई स्थानीय तहमा अख्तियारको छापा

टुडेपाटी–
जनकपुधाम, चैत १५ गते ।

मधेश प्रदेशको दुईवटा स्थानीय तहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

अख्तियारको टोलीले कोरोनाकालमा नक्कली बिल बनाएर राहत वितरण गरेको भन्दै पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिका कार्यालयमा छापा मारेको हो ।

Sponsored

केन्द्रीय कार्यालय काठमाडौं र मधेस प्रदेशको कार्यालय बर्दिबासको संयुक्त टोलीले सोमबार बिहान कार्यालयमा छापा मारेको अख्तियार स्रोतले जनाएको छ ।

कोरोनाकालमा खाद्यान्नसहित अन्य राहत सामग्रीहरूको नक्कली बिल बनाएको भेटिएपछि छापा मारिएको जनाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “मधेश प्रदेशको दुई स्थानीय तहमा अख्तियारको छापा

  • March 29, 2022 at 4:26 pm
    Permalink

    Mahadewa gaun palika ma kati ghotala bhaeko xa tyo akhatiyaar ma patak patak phone garda pani kehi garna sakena

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *