TodayPati

मधेश प्रदेश : मन्दिरबाट चोरी भएको बहुमुल्य मुर्तीसहित एकजना पक्राउ

टुडेपाटी–
सर्लाही, चैत १५ गते ।

मन्दिरबाट चोरी भएको बहुमुल्य मुर्तीसहित सर्लाहीबाट एकजना पक्राउ परेका छन् ।

जिल्लाको हरिवन नगरपालिकाको सुखेपोखरी स्थित चतुर्भूजेश्वर महादेव मन्दिरबाट चोरी भएको मुर्तीहरु सहित चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेको प्रहरीले जनाएका छन् ।

Sponsored

पक्राउ पर्नेमा हरिवन–११ का २० वर्षीय जितेन्द्र बैठा धोवी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । धोवीलाई ईलाका प्रहरी कार्यालय बरहथवाको टोलीले बरहथवा बजारबाट पक्राउ गरेको हो ।

गत आईतबार बिहान करिब दुईबजे मन्दिरबाट गणेश, दुर्गा, विष्णु, सुर्य, कुमार, गंगा माताका मुर्ती सहित मन्दिरको घण्टी र पुजा आरतीका थालीहरु चोरी भएको थियो ।

पक्राउ परेका धोवीलाई ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखि थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *